‘सडक सुधार र ऋण किस्ता सहजीकरण नभए चाडपर्वको यातायात व्यवस्थापन कठिन’
clickmandu.com · Thu Oct 01 06:02:51 GMT 2026

काठमाडौं । यातायात व्यवसायीहरूले बाढी–पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधारको तत्काल पुनर्निर्माण, वित्तीय संस्थाको ऋण किस्ता भुक्तानीमा सहजीकरण र सरोकारवाला निकायबीच व्यावहारिक समन्वय नभए यस वर्षको दसैं, तिहार तथा छठ पर्वमा सार्वजनिक यातायात व्यवस्थापन सहज नहुने चेतावनी दिएका छन् ।
चाडपर्वका अवसरमा काठमाडौं उपत्यकाबाट मात्रै करिब १५ देखि १६ लाख यात्रु बाहिरिने अनुमान भइरहेका बेला देशका प्रमुख राजमार्गहरूको अवस्था दयनीय बनेपछि यातायात व्यवसायी अन्योलमा परेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले प्रशासनिक आदेशका भरमा मात्रै सडकमा सवारी सञ्चालन गर्न नसकिने भन्दै सडकको वास्तविक अवस्था बुझेर समस्या समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)