मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाबाट ३५ हजार भारतीय नक्कली नोटसहित दुई भारतीय पक्राउ

nepalnews.com · Thu Oct 01 13:32:07 GMT 2026

झापा। झापाको दमकबाट भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार दमक नगरपालिका-६ स्थित देवकोटा चोकबाट उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको किसनगंज जिल्ला खनियाबाद-३ का २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलम रहेका छन्। इलाका प्रहरी कार्यालय दमकको टोलीले सुरक्षा जाँच गर्ने क्रममा उनीहरू चढेको बीआर ३७ जे २७०८ नम्बरको भारतीय मोटरसाइकलसहित नक्कली नोट बरामद गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)