झापामा भारतीय नक्कली नोटसहित दुई जना पक्राउ
annapurnapost.com · Thu Oct 01 13:31:48 GMT 2026

झापा : झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ ५ बजे दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेको भारतीय नम्बर प्लेट (बीआर ३७ जे २७०८) को मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा भारतको किशनगञ्ज जिल्ला, खनियाबाद-३, फतेपुर निवासी २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलमलाई नियन्त्रणमा लिइ शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा भारतीय रुपैयाँ ५०० दरका ७० थान (कुल ३५ हजार) नोट फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)