भारतीय नक्कली नोटसहित दुई युवक पक्राउ
barnanmedia.com · Thu Oct 01 13:36:28 GMT 2026

झापाको दमकबाट पाँच सयका भारतीय नक्कली नोटसहित दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार बुधबार दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट बीआर ३७ जे २७०८ नम्बरको भारतीय मोटरसाइकलसहित दुई जनालाई नक्कली नोटसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको किसनगंज जिल्ला खनियाबाद–३, फतेहपुरका २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलम रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)