न्यायिक पुनःसंरचना गर्न नेपाल बारको माग
ekantipur.com · Tue May 21 00:18:44 UTC 2024

काठमाडौँ — नेपाल बार एसोसिएसनको १६औं सम्मेलनले न्यायिक पुनःसंरचना हुनुपर्ने माग गरेको छ । तीन दिने सम्मेलनले आइतबार जारी गरेको ३८ बुँदे घोषणापत्रमा न्यायाधीश नियुक्तिबाहेक संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीशलाई राख्न नहुनेदेखि जिल्ला अदालतको न्यायाधीशमा सबै दरबन्दी कानुन व्यवसायीबाट पूर्ति गर्नुपर्ने मागहरू छन् ।
सम्मेलनले भावी प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस गर्नेमा बाहेक अन्य संवैधानिक निकायका प्रमुख र पदाधिकारीको सिफारिसमा प्रधानन्यायाधीशको कुनै भूमिका नरहने गरी संविधान संशोधन गर्न माग गरेको हो । चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश भएका बेला मन्त्रिपरिषद्मा आफ्नो मान्छे नियुक्त गर्न मोलमोलाइ गरेको सार्वजनिक भएपछि परिषद्मा प्रधानन्यायाधीशको भूमिकाबारे न्यायिक वृत्तमा प्रश्न उठ्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)