मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँग्रेसको कार्यसम्पादन समितिमा समेटिने यी हुन् सम्भावित नेताहरू

ratopati.com

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने भएको छ । त्यसका लागि शुक्रवार देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो तीन बजे भर्चुअल माध्यममा हुने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा तय गरिएको छ । देउवाले करिब ४० सदस्य हुने गरी कार्यसम्पादन समिति गठन गर्न लागि लागेको एक नेताले रातोपाटीलाई बताए ।

केन्द्रीय कार्यसमितिको सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्री र प्रवक्ता पदेन सदस्य हुने छन् । सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३३ जना सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्ने छ । उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)