सप्तरीबाट गाँजासहित तीन जना पक्राउ
gorkhapatraonline.com · Thu Oct 01 17:36:53 GMT 2026

सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुरबाट बिहिवार ९ किलो २७५ ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । जिल्लाको कञ्चनरुप नगरपालिका ८ का २८ वर्षीय शिवनारायण यादव, महादेवा गाउँपालिका ३ का २३ वर्षीय ललित कुमार यादव र सप्तकोशी नगरपालिका १० का ४८ वर्षीय उपेन्द्र यादव पक्राउ परेका हुन् ।
कञ्चनपुर–फत्तेपुर सडकखण्डको सप्तकोसी नगरपालिका २ पेट्रोल पम्प नजिकबाट प्र.२–०२–००८ प ७०४८ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)