सहकारी ठगीमा संलग्न रविले ढाँटे संसदीय छानबिन समितिलाई
barnanmedia.com · Fri Aug 23 22:45:22 UTC 2024

सहकारीको बचत हिनामिनामा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिलाई ढाँटेका छन्। गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक र सेयर होल्डर रहेका रविका नाममा पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट २ करोड ऋण गएको सरकारी कागजातबाटै देखिन्छ। उक्त ऋण अवैध रहेको सरकारी अध्ययन प्रतिवेदनमै उल्लेख छ।
तर, रविले शुक्रबार संसदीय छानबिन समितिलाई बयान दिँदा यी विषय अस्वीकार गरे। उनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको रकम, लामिछानेको नाममा खडा गरिएको ऋण र लामिछानेको नाममा प्रवाह भएको भनिएका रकमको सम्बन्धमा समेत आफ्नो हस्ताक्षर, आफ्नो कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको लामिछानेको दाबी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)