मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवा र ओली मध्यरातमा पुगे शीतल निवास

ratopati.com · Mon Jul 01 18:30:00 UTC 2024

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन्। कांग्रेस–एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।

कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् भने एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरू रहेको राष्ट्रपति कार्यालय स्रोतले रातोपाटीलाई जानकारी दियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)