सुनसरीमा लागुऔषधसहित तीन जना पक्राउ
barnanmedia.com · Fri Oct 02 07:00:42 GMT 2026

सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार साँझ कोशी गाउँपालिका–१, लौकही भन्सार गेटबाट लागुऔषधसहित दुई जना र भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्टबाट एक जना पक्राउ परेका हुन् ।
लौकहीस्थित सशस्त्र प्रहरी बल, नेपाल (बीओपी) लौकहीबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०२–०५३ प ४६९६ नम्बरको बजाज कम्पनीको २०० सीसीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)