मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रभु बैंकका सीईओ शर्मासहित ४ जनाविरुद्ध पर्सामा ठगी मुद्दा दायर, पक्राउ पुर्जी जारी

nepalpress.com · Fri Oct 02 11:07:32 GMT 2026

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर भएको छ। लक्ष्मी सनराइज बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) छँदा भएको कर्जा सम्बन्धी विवादलाई लिएर दायर मुद्दामा अदालतले उनीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले मुद्दामा अनुपस्थित रहेका सीईओ शर्मासहितका प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी तामेल गरी पठाउन जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएको छ। पक्राउ पुर्जी जारी भएपछि सीईओ शर्मा कार्यालय जान छाडेका छन्। मंगलबारसम्म कार्यालय उपस्थित भएका उनी बुधबारदेखि बिदामा बसेको बैंक स्रोतले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)