नेपाल र क्यानडाबीचको शृंखला आजबाट
nayapatrikadaily.com · Thu Feb 08 00:44:00 GMT 2024
नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि त्रिवि क्रिकेट मैदानमा हुँदै छ । क्यानडाविरुद्ध नेपालले ६ दिनको अन्तरमा तीन खेल खेल्नेछ । युवा खेलाडी सम्मिलित दुवै टोलीले शृंखला जित्ने लक्ष्य राखेका छन् । घरेलु टोलीले अधिकांश युवा खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रशिक्षक मोन्टे देसाईले अधिकांश सिनियर खेलाडीलाई रेस्टमा राखेका छन् । उनले यसपटक युवा खेलाडीलाई अवसर दिएका छन् । नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले नै गर्नेछन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीलाई प्राथमिकतामा राख्दै राष्ट्रिय टोलीमा समावेश गरेको हो । क्यानडाविरुद्ध भिड्न नेपालले दुई दिन अभ्यासको अवसर पाएको थियो । ‘दुई दिनको मात्रै तयारी गरेका छौँ । त्यसअघि प्रधानमन्त्री कपमा व्यस्त थियौँ,’ कप्तान रोहितले भने, ‘पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीलाई प्राथमिकतामा राखेका छौँ, खेलाडीबीच तालमेल हुने गरी राम्रोसँग अभ्यास भएन ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)