नागरिकतामा राजनीति चार वर्षपछि विधेयक फिर्ता
ekantipur.com · Wed Jul 06 00:39:54 GMT 2022
काठमाडौँ — प्रतिनिधिसभामा चार वर्षदेखि विचाराधीन नागरिकता विधेयकलाई सरकारले फिर्ता लिने भएको छ । संसदीय समितिका ३४ वटा बैठकमा छलफल भएर संसद्बाट पारित हुने चरणमा पुगेको विधेयकलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो । फिर्तालगत्तै नागरिकतासम्बन्धी अर्को विधेयक दर्ता गर्ने सरकारको तयारी छ ।
सरकारले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयक फिर्ताको प्रस्ताव लैजाने सम्भावना छ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नुपर्ने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन सत्तारूढ दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको राज्य व्यवस्था तथा सुशासन समिति सदस्य एवं कांग्रेस सांसद देवेन्द्रराज कँडेलले बताए । ‘दलहरूबीच सहमति भएरै विधेयक फिर्ता लिन लागेको हो,’ उनले भने । मन्त्रिपरिषद् बैठकमा फिर्ताको निर्णय गर्ने क्रममा नयाँ विधेयक फास्ट ट्र्याकबाट अघि बढाइने जानकारी गराइएको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)