अर्घाखाँचीमा सुन चोरी तथा लुटपाट गरेको आरोपमा ८ जना पक्राउ
annapurnapost.com · Fri Oct 02 15:57:03 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा सुनको गरगहना चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे सन्धिखर्क नगरपालिका–१ बसपार्कस्थित हाटबजार क्षेत्रमा एक व्यक्तिको घाँटीमा लगाएको सुनको सिक्री तानेर भागेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
घटनालगत्तै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य व्यक्तिहरूको समेत संलग्नता खुलेपछि खोजतलास तीव्र पारिएको थियो। खोजीका क्रममा बा १५ च १९२३ नम्बरको कारमा ५ जना तथा मधेश प्रदेश ०३–०३५ प १२५० नम्बरको मोटरसाइकलमा २ जना भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)