सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ
ratopati.com · Sat Oct 03 05:03:53 GMT 2026

जनकपुरधाम । सिराहामा लागूऔषध ब्राउन सुगर सहित एकजना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति जिल्ला सिरहा, कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर स्थित पूर्वपश्चिम राजमार्गमा लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा धनगढीमाई नगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षिय अजय कुमार यादवलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिम पोखरा तर्फ जाँद ै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्दा उक्त बसमा सवार यादवले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)