नक्कली स्टिकर बनाई म्याद गुज्रिएका गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्ने दुई जना पक्राउ
barnanmedia.com · Sat Oct 03 04:54:07 GMT 2026

काठमाडौँ । म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएर बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-१ घर भई हाल काठमाडौँको तिनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दावासिनी गाउँपालिका-२ घर भई हाल तिनथाना नै बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित सिद्धिविनायक खाद्य स्टोरमा स्थलगत अनुगमन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखी रि-लेबलिङ गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)