मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ता गठबन्धनलाई परास्त गर्न मधेसमा देउवाको ‘माधव कार्ड’

ratopati.com · Thu May 30 15:23:00 UTC 2024

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मधेस प्रदेशबाट वैकल्पिक गठबन्धनको अभ्यास गर्न खोजेको छ । केन्द्रको समीकरणमा विपक्षी कित्तामा रहेका जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र सत्तारुढ नेकपा एकीकृत समाजवादीलाई साथमा लिएर मधेसमा वैकल्पिक गठबन्धन निर्माणका लागि कांग्रेसले प्रयास थालेको हो ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादीबिच मधेस सरकारबारे संवाद भएको छ । अहिले मधेस प्रदेशमा जसपा नेपालका सरोज यादवको नेतृत्वमा सरकार छ । जसपा नेपाल केन्द्रीय गठबन्धनबाट बाहिरिएपछि एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा यादव नेतृत्वको सरकार अल्पमतमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)