'परिवारलाई सत्य भन्नुभन्दा हत्या सजिलो लाग्यो': पुणे हत्या प्रकरणमा अभियुक्त युवतीको सनसनीपूर्ण बयान
barnanmedia.com · Mon Jun 29 08:44:54 GMT 2026

भारतको पुणेमा चर्चित बनेको केतन अग्रवाल हत्या प्रकरणमा अनुसन्धानका क्रममा नयाँ र सनसनीपूर्ण विवरण सार्वजनिक भएको छ। प्रहरी स्रोतका अनुसार हत्या अभियोगमा पक्राउ परेकी सिया गोयलले सोधपुछका क्रममा परिवारलाई विवाह रद्द गर्ने कुरा भन्नुभन्दा मंगेतरको हत्या गर्नु आफूलाई "सजिलो" लागेको बताएकी छन्।
प्रहरीका अनुसार रियल इस्टेट व्यवसायी केतन अग्रवालको जुन १८ मा लोहागढ किल्लाबाट खसेर मृत्यु भएको थियो। अनुसन्धानले यो घटना दुर्घटना नभई योजनाबद्ध हत्या भएको आशंका गर्दै सिया गोयल र उनका निकट मित्र चेतन चौधरीमाथि आरोप लगाएको छ। प्रहरीको दाबी अनुसार उनीहरूले नोभेम्बरमा तय भएको विवाह टार्न यो योजना बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)