मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिमरा, भरतपुर र जुम्ला विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउँदै निगम

nayapatrikadaily.com · Thu Sep 14 00:39:00 GMT 2023

नेपाल आयल निगमले सिमरा, भरतपुर र जुम्ला विमानस्थलबाट उडान तथा अवतरण गर्ने हवाईजहाजलाई इन्धन उपलब्ध गराउने भएको छ । हाल ती स्थानमा इन्धन भर्ने सुविधा नहुँदा हवाईजहाजले काठमाडौंबाटै दुईतर्फी उडानका लागि आवश्यक इन्धन बोक्ने गरेका छन् ।आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले तीनवटै विमानस्थलमा चाँडै रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्यांकर) पठाएर इन्धन सुविधा प्रदान गर्न लागिएको जानकारी दिए ।

‘यी विमानस्थलमा इन्धन भर्ने सुविधा छैन । इन्धन भर्ने सुविधाको माग गर्दै स्थानीय तह, नागरिक उड्डयन प्राधिकरणमातहतको विमानस्थल कार्यालय र हवाईजहाज कम्पनीले लिखित पत्राचार गरेका छन्,’ उनले भने, ‘अब सकेसम्म दसैँअगाडि नै अस्थायी रूपमा भए पनि इन्धन भर्ने सुविधा प्रदान गर्न थालिहाल्छौँ, यसबाट यात्रु र विमान कम्पनीलाई सहज हुने विश्वास छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)