बेथितिको जालोले घेरिएको वायुसेवा निगम, किराँतीले गर्लान् त सुधारको क्रान्ति ?
shilapatra.com · Fri Jan 27 00:45:07 GMT 2023
नेपाल वायुसेवा निगम । त्यहीँ काम गर्ने कर्मचारी पनि सहर्ष स्वीकार्छ बेथितिको केन्द्र । नेपालमा हुने ठूला भ्रष्टाचारको अखडा । नयाँ मन्त्री आएपछि चर्चामा आउँछ वायुसेवा निगम । बेथितिको केन्द्रलाई सफा गरेर वायुसेवा निगम बनाउने चाहना नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको देखिन्छ । परिणाम आऊला-नआऊला, तत्कालको उनको बोली र व्यवहार त्यतातर्फ केन्द्रित भएको भने देखिएको छ ।
उनी मात्रै होइन, यसअघि आएका केही मन्त्रीहरू पनि नेपाल वायुसेवा निगमकै कारण चर्चामा छन् । नाम खासै कसैले कमाउन नसके पनि बदनाम भने धेरै भएका छन् । पछिल्ला वर्षहरूमा पर्यटन मन्त्रालयको नेतृत्व गर्न पुगेका अनुहार नेपाली राजनीतिमा आशा गरिएका युवानेताहरू नै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)