हत्या प्रयासबाट जोगिए अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
ekantipur.com · Sun Jul 14 23:52:47 UTC 2024

काठमाडौँ — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पेन्सिलभेनियामा आयोजित एक चुनावी र्यालीका क्रममा गोली प्रहार गरिएको छ । अमेरिकी अधिकारीहरूले ‘ट्रम्पको हत्या गर्ने उद्देश्यले’ उनीमाथि गोली प्रहार गरिएको जनाएका छन् ।
रिपब्लिकन पार्टीबाट आगामी नोभेम्बरमा हुने चुनावका उम्मेदवार ट्रम्पले ‘स्विइङ स्टेट’ पेन्सिलभेनियाको बट्लरमा समर्थकलाई सम्बोधन गरिरहेका बेला आक्रमणको निसानामा परेका हुन् । पूर्वराष्ट्रपति ट्रम्पलाई करिब १३० मिटर टाढाको औद्योगिक भवनको छतबाट २० वर्षीय युवाले गोली प्रहार गरेका हुन् । गोली प्रहारपछि ट्रम्पको कानबाट रगत बगेको देखिन्थ्यो । त्यसलगत्तै सुरक्षा अधिकारी उनलाई बचाउन दौडादौड गरेको दृश्य टेलिभिजनहरूले प्रत्यक्ष देखाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)