भ्रष्टाचारका फाइल खोल्न कसले रोक्यो गृहमन्त्रीलाई ? आफैँ पक्राउ पर्ने त्रासले कि फेरि सत्ताको आसले ?
farakdhar.com · Wed Jul 03 17:44:27 UTC 2024

गत सोमबार राति संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्तासमीकरण बनाउने सहमति गरेपछि सत्तारुढ दुई दल नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी बेचैन बनेका छन् । माओवादीले पछिल्लो समीकरणलाई पश्चगमनको संज्ञा दिएको छ भने रास्वपाले भ्रष्टाचारका फाइल खुल्ने डरले रातारात नयाँ समीकरण बनेको बताएको छ ।
मंगलबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले केही व्यक्तिका फाइल खुलेपछि पछिल्लो परिवर्तन भएको जिकिर गरे। केही व्यक्तिलाई जोगाउनकै लागि रातारात सत्तासमीकरण परिवर्तन गरिएको उनको आरोप थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले भने, ‘तपाईंहरू नै भन्नुहुन्थ्यो फाइल खुल्नुपर्यो। फाइल यस्तो खुल्यो कि सरकार एक रात पनि टिक्न नसक्ने भयो।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)
नेपाल प्रहरी
नेपाली कांग्रेस
वसन्त कुँवर
भुटानी शरणार्थी प्रकरण
बेचन झा