अन्योलमा एमाले एकता प्रयास
onlinekhabar.com · Mon Jun 21 17:58:40 GMT 2021
७ असार, काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा अड्किएको नेकपा एमालेको एकता वार्तामा नयाँ उल्झन आएको छ । दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने गरी कर्णाली प्रदेशका चार सदस्यलाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश भ्याकेटका लागि अध्यक्ष केपी शर्मा ओली सर्वोच्च गएपछि एकता वार्तामा अवरोध आएको हो ।
नेताहरुका अनुसार पछिल्लो तीन दिनयता ओली र नेपाल पक्षका नेताहरुबीच वार्ता भएको छैन । ‘केही दिनदेखि अनौपचारिक वार्ता हुन सकिरहेको थिएन । भ्याकेटमै जानु भएपछि वातावरणमा असहजता आएको छ’, एक नेता भन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)