मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ किलो सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पोखरामा पक्राउ

rajdhanidaily.com · Tue Feb 13 23:25:47 GMT 2024

पोखरा । पोखरामा एक जना भारतीय नागरिक ६ किलो सुन र ६३ लाख नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल मेदीनीपुर दासपुर ११ घर भइ हाल पोखरा महानगरपालिका वडा २, मोहरिया टोलमा बस्ने ४० वर्षीय सुरजित भौमिक हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई स्रोत नखुलेको उक्त परिणामको सुन, चाँदी तथा नगदसहित पक्राउ गरी मंगलबार राति पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)