कर्मचारीले मोटो रकम लिएर बनाउँथे नक्कली लाइसेन्स
ekantipur.com · Thu May 23 17:07:40 UTC 2024

काठमाडौँ — २०८० असार पहिलो साता । स्याङ्जा कालिकोट–५ का संशाक बस्याल कार चलाएर घर जाँदै थिए । त्यो बेलासम्म सशांकसँग दुईपांग्रे सवारीको मात्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) थियो । बाटोमा स्याङ्जाकै ६४ वर्षीय पैदलयात्री कृष्णप्रसाद भट्टराईलाई उनले चलाएको कारले ठक्कर दियो ।
घटनास्थलमै भट्टराईको ज्यान गयो । बस्याललाई प्रहरीले नियन्त्रणमा लियो । मोटरसाइकलको मात्र लाइसेन्स भएका बस्यालले चलाएको कारले ठक्कर दिएर पैदलयात्रीको मृत्यु भयो । सवारी ज्यान मुद्दामा अधिकतम २० वर्ष कैद हुने व्यवस्था छ । यसको डरले बस्यालका आफन्तले नक्कली लाइसेन्स बनाउने गिरोह खोज्न थाले, र अन्ततः तिनीहरुको सम्पर्कमा पुगे । र, नक्कली लाइसेन्स बनाए । अनि धरौटीमा बस्याललाई छुटाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)