मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१४ किलो सुन तस्करी गर्ने  समूहको चिनियाँ गिरोहसँग सम्बन्ध

nayapatrikadaily.com · Sat Dec 30 00:22:00 GMT 2023

विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्ने पछिल्लो समूहको यसअघि पक्राउ परेको चिनियाँ गिरोहसँग पनि सम्बन्ध रहेको भेटिएको छ । गत २१ मंसिरमा बरामद भएको १४ किलो सुन तस्करी गर्ने समूहका व्यक्तिहरूको वर्षौँदेखि तस्करी गर्दै आएकोलगायतका अन्य समूहसँग सम्पर्क देखिएको हो ।

दुबईबाट १४ किलो सुन लिएर आएका चन्द्र घलेमाथि अनुसन्धान गर्ने क्रममा सो समूहको विगतदेखि नै विमानस्थलबाट सुन तस्करी गर्ने अन्य समूहसँग सम्पर्क देखिएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)