रुपन्देहीमा चलाइयो गो*ली, तीनजना पक्राउ
baahrakhari.com · Sun Oct 04 07:48:19 GMT 2026

बुटवल । रुपन्देहीमा गोली चलाएका एक व्यक्तिसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । देवदह नगरपालिका–४ का ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले पेस्तोलबाट गोली चलाएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनले चलाएको गोली लागेर बुटवल उपमहानगरपालिका–९, मिलनचोकका २२ वर्षीय रायन खत्री घाइते भएका छन् । शनिबार (असोज १७) अपराह्न करिब पौने ४ बजे खरेलले एक राउन्ड गोली चलाएका रुपन्देही प्रहरीका प्रवक्ता एवं डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)