सानो पाइला सहकारीका संरक्षक–संचालक प्रहरीको फरार सूचिमा
rajdhanidaily.com · Fri Sep 29 23:38:27 GMT 2023
वीरगन्ज । वीरगन्जका वित्तीय संस्थाहरुभन्दा बढि तामझाम गरी एक दशक अगाडी वीरगन्जको आदर्शनगरमा खोलिएको सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेड अहिले भागरेभागको अवस्थामा छ । सेवाग्राहीको बचत लिने तर फिर्ता नदिने संस्थाको मनोरोगले अहिले संस्थापक, संचालक र कर्मचारी गरी १३ जना प्रहरीको फरार सूचिमा पुगेका हुन् ।
सेवाग्राहीको बचतमा आर्थिक हिनामिना गरेको भेटिएपछि संस्थाका संस्थापक, संचालक र कर्मचारीलाई कानूनी दायरामा ल्याउन स्थानीय सरकारले पत्राचार गरेको छ । सोही प्रकृया अनुसार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) मा नेपाल राष्ट्र बैंक, र नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सकृय हुन सुरु गरेकोे वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवद्र्धन महाशाखाका प्रमुख सुनिल कर्णले राजधानी दैनिकसँग बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)