मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिको सवालमा गृहको आएन जवाफ- फरार रहेका ३४ लाई माफी दिने प्रक्रिया रोकिन सक्ने

newsofnepal.com · Tue Sep 19 00:22:42 GMT 2023

काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफी मिनाहाको आधार र उनीहरुको विवरण राष्ट्रपतिले माग गरे पनि गृह मन्त्रालयले त्यसको जवाफ पठाउन सकेको छैन । सरकारले संविधान दिवशको अवसरमा कैदीबन्दीलाई दिँदै आएको कैद तथा सजाय मिनाहाको सहुलियतका लागि सिफारिस गरेकाहरुको विषयमा राष्ट्रपतिको कार्यालयले गम्भीरताका साथ लिँदै माफी दिनुपर्ने आधार तथा उनीहरुको विवरण माग गरे पनि सोमबारसम्म गृहले सो विवरण पठाउन नसकेको हो ।

राष्ट्रपतिको कार्यालयले माग गरेको विवरण गृहले समयमै नपठाएपछि सिफारिस भएका फरार अभियुक्तहरुको सजाय माफी मिनाहाको विषयमा अन्योल उत्पन्न भएको छ । गृहले भने अदालतबाट सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको सजाय मिनाहाका लागि गृह मन्त्रालयले सिफारिस गर्न पाउने अधिकार क्षेत्रभित्र रहेर संविधान दिवसको अवसरमा सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जनाएको छ । सरकारको अधिकार क्षेत्रभित्रै रहेर सिफारिस गरेकाले राष्ट्रपतिको कार्यालयले मागगरेअनुसार पत्रको प्रतिउत्तर हालसम्म नपठाएको गृह मन्त्रालय स्रोतको दाबी छ । ‘राष्ट्रपतिको कार्यालयको पत्रअनुसार हामीले कुनै प्रतिउत्तर वा जानकारी पठाएका छैनौं’, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो– ‘राष्ट्रपतिको कार्यालयबाट पत्र आएको थियो । तर, हामीले फेरि केही लेखेका छैनौं र सो विषयमा प्रतिउत्तर पठाउने कुरा पनि अहिलेसम्म भएको छैन ।’

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)