‘प्रतिशोधपूर्ण पक्राउ मानवअधिकारको उल्लंघन’
ekantipur.com · Thu May 23 23:16:59 UTC 2024

काठमाडौँ — सहकारीको करोडौं रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे समाचार लेखेको प्रतिशोधमा राज्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको विज्ञहरूले बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले समाचार लेखेकै प्रतिशोधमा सिरोहियामाथि राज्यले गरेको षड्यन्त्रपूर्ण आक्रमणले सम्मानपूर्वक बाँच्न पाउने व्यक्तिको अहरणीय हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक हनन भएको जनाएको छ । ‘मिडियामाथि राज्यले कुनै पनि किसिमको अवरोध सिर्जना गर्छ भने त्यो सह्य हुँदैन, यसमा अन्य देशले पनि चासोका साथ टिप्पणी गरिसकेका छन्,’ आयोगका सदस्य सूर्यराज ढुंगेलले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अन्तर्राष्ट्रिय मानवअधिकार कानुन र हाम्रो संविधानले स्पष्ट रूपले मौलिक अधिकार मानेको छ, यसविरुद्धको प्रहार मानवअधिकारको उल्लंघन हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)