मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कान्तिपुर अध्यक्षलाई पक्राउ गरिएकामा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा भर्त्सना, रिहाइको माग

ekantipur.com · Thu May 23 23:35:08 UTC 2024

काठमाडौँ — विभिन्न सहकारीको कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडियामा ल्याएर अपचलन गरेको समाचार प्रकाशित गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकामा अन्तर्राष्ट्रिय मिडिया समुदायले गम्भीर चासो व्यक्त गर्दै रिहाइको माग गरेका छन् ।

पत्रकारहरूको विश्वकै ठूलो संगठन इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट (आईएफजे), विश्वभर प्रेस स्वतन्त्रताबारे प्रतिवेदन तयार गर्ने रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ), अमेरिकाको सोसाइटी अफ प्रोफेसनल जर्नालिस्ट्स (एसपीजे), ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र इन्टरनेसनल प्रेस इन्स्टिच्युट (आईपीआई) नेपाल च्याप्टरले सिरोहियाको तत्काल रिहाइको माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)