मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरोहियालाई पक्राउ गरेर निजी क्षेत्रलाई हतोत्साही गरिएको भन्दै विरोध

ekantipur.com · Thu May 23 23:58:38 UTC 2024

काठमाडौँ — सहकारी ठगीको समाचार प्रकाशन गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि निजी क्षेत्रले आपत्ति जनाएको छ । उद्योगी व्यवसायीका तीन छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सरकारले अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोप्रति विरोध जनाएका हुन् ।

तीनवटै संस्थाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सोधपुछ र सफाइको मौका नदिई पक्राउ गर्नु गलत भएको बताएका छन् । कानुनविपरीत काम गरेको प्रमाणित भए जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा स्पष्ट रहेको तर कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्नेजस्ता कार्यले सकारात्मक सन्देश नजाने विज्ञप्तिमा उल्लेख छ । यसले उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने उनीहरूको धारणा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)