मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपतिद्वारा कुमारीबाट टीका–प्रसाद ग्रहण

barnanmedia.com · Sat Sep 21 22:13:42 UTC 2024

काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको छ । उहाँले इन्द्रजात्राको अन्तिम दिन आज राति वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको हो ।

हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीका एवं प्रसाद ग्रहण गर्ने परम्परा छ । सो अवसरमा राष्ट्रपति पौडेलले गणेश, कुमारी र भैरवको दर्शन गर्नुभयो । टीका एवं प्रसाद ग्रहणपछि राष्ट्रप्रमुखले कुमारीसँग खड्ग साट्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले खड्ग साट्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)