सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
nagariknews.nagariknetwork.com · Mon Oct 05 00:59:13 GMT 2026

सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी-निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा-इलाम सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ।
सम्भावित अवैध गतिविधि नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा आइतबार झापा-इलाम सीमावर्ती क्षेत्रका विभिन्न स्थानको स्थलगत अनुगमन गरिएको हो। मेचीनगर, बुद्धशान्ति, अर्जुनधारालगायत पालिकासँग सीमा जोडिएका तथा आवतजावतका लागि प्रयोग हुने स्थानको सुरक्षा अवस्था र सम्भावित जोखिमबारे समितिले जानकारी लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)