मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीविरुद्धको मुद्दामा न्यायाधीशको राय बाझियो

rajdhanidaily.com · Thu Jul 04 23:04:30 UTC 2024

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागदाबीसहित परेको रिट निवेदनमा दुई न्यायाधीशको राय बाझिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीले फरकफरक राय दिएका छन् । अव सो रिट यी दुई न्यायाधीशबाहेक तीन जना न्यायाधीश सम्मिलित पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा न्यायाधीशद्वय प्रधान र सुवेदीबीच रायबाझी भएसँगै अब पूर्ण इजलासमा सुनुवाइ हुनेछ । दुई फरक राय आएपछि अब यस मुद्दाको टुंगो पूर्ण इजलासले लगाउने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)