जो अनुभवी थिए
annapurnapost.com · Mon Jan 16 01:06:00 GMT 2023
पोखरा : कमल केसी नेपाली हवाई उड्डयनको क्षेत्रमा अनुभवी र ख्यातिप्राप्त पाइलट थिए। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा भएपछिको डेमो उडानमा यती एयरलाइन्सको जहाज उडाएर त्यहाँ अवतरण गराउने पाइलट कमल केसी नै हुन्। तिनै केसीले आइतबार पनि यती एयरलाइन्सकै नियमित उडान स्वरूपको पहिलो खेप काठमाडौं—पोखरा गर्न भ्याइसकेका थिए।
जसै दोस्रो उडानका लागि केसी आफूसहित चालक दलका ४ जना र ६८ यात्रुसहित पोखरा उडान गर्दै थिए, उनको जहाजले विमानस्थलमा अवतरण गर्न सकेन। बरु, उनको प्राण पखेरुले उडान भर्यो। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि उनको पोखरा आवतजावत बाक्लिएको परिवारजन बताउँछन्। उनले पोखरालाई गन्तव्य बनाएर धेरै उडान गर्न रुचि थियो, त्यो किन भने उनी पोखराकै हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)