प्रचण्डको अस्थिरताले एमालेसँग मिल्नुप-यो: थापा
rajdhanidaily.com · Thu Jul 04 23:20:19 UTC 2024

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अस्थिर चरित्रका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस इटहरीको नगर सम्मेलनमा मन्तव्य राख्दै महामन्त्री थापाले वर्तमान प्रधानमन्त्रीसमेत रहेका माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्र र उपद्रोका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताएका हुन् ।
‘अर्थतन्त्रको बेहाल भएको अवस्थामा बजारले विश्वास गुमाएको छ । यो बेलामा कांग्रेस र एमाले एक हुनुपरेको हो,’ उनले थपे, ‘यो संवाद प्रतिपक्षमै बसेर पनि हुन्थ्यो होला, तर प्रचण्डले धेरै चकचक नगर्नुभएको भए ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)