एस अध्यक्षमा नेपाल, महासचिवमा भुसाल
ekantipur.com · Thu Jul 04 23:32:13 UTC 2024

काठमाडौँ — एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । नयाँ विधानअनुसार सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन् । उपाध्यक्ष, उपमहासचिव, सचिवसहित बाँकी १९ पदाधिकारी र केन्द्रीय सदस्य चयन भने शुक्रबार हुने भएको छ ।
काठमाडौंमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले उनीहरूलाई सर्वसम्मत चयन गरेको हो । एमालेबाट २०७८ भदौमा अलग भएपछि पहिलो पटक भएको महाधिवेशनबाट मुख्य तीन पदमा पुरानै नेतृत्वले निरन्तरता पाएको छ । तर, महाधिवेशन प्रतिनिधिले ‘महाधिवेशनबाट सर्वसम्मत मुख्य नेतृत्व चयन गर्न’ सुझाव दिएका थिए । अन्य पदमा पनि छलफल भइरहेको नेता वेदुराम भुसालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)