मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँ*जा बरामद

baahrakhari.com · Mon Oct 05 07:10:42 GMT 2026

काठमाडौं । सुनसरी प्रहरीले इनरुवा नगरपालिका–३, सखुवागाछी चेकपोस्टबाट २५ सय ६६ किलो गाँजासहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङका क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना७ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरी प्रमुख एवं एसपी पुष्पराज मल्लले गाँजासहित दुईजनालाई नियन्त्रणमा लिइएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)