जीबीका जेठानलाई सत्ताको आशिर्वाद: रेड नोटिसका बमजन अमेरिकाबाट सिधै पोखरा, प्रहरी र सरकारी वकिल ट्वाँ
barnanmedia.com · Mon Aug 25 22:17:21 GMT 2025

विश्वभरिका प्रहरीको संगठन इन्टरपोलको रेड नोटिसमा रहेका ज्ञानबहादुर बमजन अमेरिकामा थिए । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त बमजन आइतबार एकाएक जिल्ला अदालत कास्कीमा देखापरे ।
उनी उपस्थित हुनासाथ अदालतले बयान लियो । थुनछेक बहस अघि बढायो । उनका पक्षबाट केही कानुन व्यवसायीले बहस गरे । तर सरकारी वकिलले न बयानमा जिरह गरे । न उनको बयान पढ्नका लागि समय मागे । बयानको फोटोकपी लिन समेत कुनै सरकारी वकिल आएनन् । हतारहतार बयान र बहस सकेर उनलाई १० लाख धरौटीमा छाड्ने आदेश भयो । न्यायाधी शंकरकुमार राईको इजलासले यो आदेश गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)