मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित तीन जना पक्राउ

gorkhapatraonline.com · Mon Oct 05 16:44:22 GMT 2026

रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ हाटबजारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९० मिलिग्रामसहित बुटवल–११ देवीनगर डेरा गरी बस्ने गुल्मी घर भएका ३८ वर्षीय चन्द्रबहादुर खत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका(१४ भवनीयापुरबाट नियन्त्रित लागुऔषध ट्रामाडोल २८० ट्याब्लेटसहित जाजरकोट भेरी नगरपालिका–३ बस्ने १९ वर्षीय शङ्कर शाहीलाई आज दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)