सर्वोच्चमा ६ न्यायाधीश सिफारिस
ekantipur.com · Wed Nov 22 01:09:33 GMT 2023
काठमाडौँ — झन्डै १५ महिनाको रिक्ततापछि न्याय परिषद्ले मंगलबार सर्वोच्च अदालतमा रिक्त ७ मध्ये ६ न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । यसमा उच्च अदालतका ४ र कानुन व्यवसायीबाट २ जना छन् । सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिसमा परेका हुन् ।
सुवेदीदेखि ढुंगानासम्म चार न्यायाधीश उच्च अदालतबाट तानिएका हुन् भने वरिष्ठ अधिवक्ताद्वय पोखरेल र ढकाल कानुन व्यवसायीबाट छानिएका हुन् । पोखरेल कांग्रेसनिकट र ढकाल एमालेनिकट मानिन्छन् । रिक्त एक पदमा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई सिफारिस गर्नेबारे छलफल चले पनि परिषद्का सदस्यबीच मतैक्य हुन सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)