गृहमन्त्री दाइ
rajdhanidaily.com · Tue Nov 02 23:26:28 GMT 2021
२०४४ सालतिर म त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययनरत थिएँ । त्यतिबेला विश्वविद्यालयमा राजनीतिक चहलपहल अर्कै थियो । त्यति मात्र होइन, होस्टेलमा बसेर साथीहरूसँग विविध कुरा गर्दै क्याफेमा सयौं साथीहरूसँगै बसेर खाना खाँदा हुने रमाइलो अर्कै थियो । यसैक्रममा हामी ८÷९ हजार साथीबीच क्याफेमा खानाखाने क्रममा कुरा गर्दा थाहा भयो । २०२५ सालमा जन्मेको म त्रिभुवन विश्वविद्यालयमा पढ्ने साथीहरूमध्ये सबैभन्दा कान्छो विद्यार्थीका रूपमा रहेको रहेछु । त्यतिबेलाको यो १९÷२० वर्षे ठिटोको विश्वविद्यालयको पढाइ साथीहरूको रमाइलो र राजनीतिक संलग्नता साँच्चै भन्ने हो भने असीम आनन्दको अनुभव थियो ।
त्यतिबेला हामी विद्यार्थीहरू कक्षामा कुनकुन सरहरूले कस्तोकस्तो पढाउनुभयो देखि विद्यार्थी नेताहरूले के कस्तो भाषण गरे त्यसको चर्चामा बढी व्यस्त हुन्थ्यो । त्यति मात्र होइन विश्व समुदायको राजनीति र नेपालको राजनीतिमा के गर्नुपर्छ त्यस्तो राजनीतिक सञ्चारमा समेत हामी चेतनाका संवाहक विद्यार्थीहरू सतत यात्रारत र चिन्तनरत हुने गथ्र्यौ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)