एआईजी अन्जनीले पाए निलम्बित एआईजी वंशीराजमाथि छानबिन गर्ने जिम्मा
bishowkhabar.com · Tue Oct 06 08:40:18 GMT 2026

काठमाडौं – सरकारले निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न समिति गठन गरेको छ। सरकारले सोमबार साँझ गोप्य सूचना अनधिकृत रूपमा चुहाएको आरोपमा एआईजी दाहाललाई निलम्बन गरेको हो।
दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेल रहेको एक सदस्यीय छानबिन समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)