एआईजी दाहालसँग ‘कनेक्सन’ देखिएका सापकोटामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान
ratopati.com · Tue Oct 06 09:11:33 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरीका निलम्बित एआईजी वंशीराज दाहालसँग ‘कनेक्सन’ देखिएका इनम सापकोटालाई प्रहरीले हिरासतमा राखेको छ । असोज १४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली जान लागेको अवस्थामा प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको थियो ।
झापा घर भएका सापकोटालाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ । सापकोटामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँ हाम्रो हिरासतमा हुनुहुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)