दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा रिहा गर्न आदेश
nepalnews.com · Tue Oct 06 10:20:01 GMT 2026

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले साइबर अपराधसम्बन्धी मुद्दामा प्रसाईंलाई उक्त रकम धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई असोज १२ गते पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)