घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकमा ठूला गाडी चलाउन रोक
ratopati.com · Tue Oct 06 11:31:08 GMT 2026

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै नारायणगढ–काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाको बैठकले असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते पूर्णिमासम्म ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने यो रोक लागू हुने छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)