चोलेन्द्रलाई भेटेकैमा दण्डित एआइजी दाहाल
nepalnews.com · Tue Oct 06 14:20:57 GMT 2026

सोमबार बेलुका गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गर्यो। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भन्दै दाहाललाई निलम्बन गरिएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
गृह प्रवक्ता आनन्द काफ्लेका अनुसार दाहाललाई निलम्बन गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयकै सिफारिस थियो। उक्त सिफारिसका आधारमा निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न मन्त्रालयले सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)