संसद् सचिव पाण्डेयले लिएका थिए दोस्रो नागरिकता
ekantipur.com · Tue Dec 19 01:09:03 GMT 2023
पाल्पा/काठमाडौँ — संघीय संसद्को महासचिवमा सिफारिस प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिई १० वर्ष आफूसँगै राखेको पाइएको छ । पाण्डेयले सुरुमा २०२६ असोज १५ गते जन्ममिति भएको नागरिकता लिएका थिए । त्यो हराएको भन्दै २०६६ भदौ ८ मा ६ वर्ष जन्ममिति घटाएर दोस्रो नागरिकता लिए । दोस्रो पटक लिएको नागरिकतामा जन्ममिति २०३२ पुस २६ गते उल्लेख छ ।
पाण्डेयको स्थायी बसोबास पाल्पा हो । उनले जिल्ला प्रशासन कार्यालय पाल्पाबाट २०४६ असार २८ मा पहिलो नागरिकता लिएका थिए, जसको प्रमाणपत्र नम्बर ३५ रहेको छ । पाल्पा प्रशासनबाट प्राप्त पाण्डेयको नागरिकतासम्बन्धी विवरणमा ६ वर्ष उमेर घटाएर लिएको नागरिकता १० वर्षपछि २०७६ भदौ २३ मा रद्द गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)