मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा श्रीमती र छोरी हत्या प्रकरण : अनुसन्धानमा संलग्न प्रहरी के भन्छन् ?

barnanmedia.com · Tue Feb 24 21:15:00 GMT 2026

मेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको मान्तुवामा एक नेपाली परिवारमा विभत्स हत्या भयो ।स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५:१५ बजे भएको यो घटना कसरी भयो भन्नेबारे विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन् । राजधानी वासिङ्टन डीसीबाट १४ माइल अर्थात् २२ किलोमिटर पर भएको यो घटनामा ५० वर्षीय छत्रबहादुर थापाले ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापाको हत्या गरे । नियन्त्रणमा लिने क्रममा छत्रको पनि मृत्यु भयो ।

यो घटनाबारे फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले अनुसन्धान गरिरहेको छ । घटनास्थल पुगेर प्रमाणहरू संकलन गर्ने र सम्भावित मानवीय क्षति रोक्ने काममा संलग्न भएपछि फेयरफ्याक्स प्रहरी प्रमुख केभिन डेभिसले घटनाबारे सञ्चारकर्मीहरूलाई बताएका थिए । डेभिसले सञ्चारकर्मीहरूलाई उक्त घटनाबारे बताएको विवरणको सम्पादित अंश :

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)